शनिबार सुरु भएको एमालेको चितवन जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै जेठ १४ गते सकिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ ।
अधिवेशनमा जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले आकांक्षा राखेका छन् ।





