एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती

२०८१ जेष्ठ १२, शनिबार

पाल्पा : नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन्। पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

उनको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । अधिवेशनले एमाले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज) उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जि.सी. चयन गरेको छ । यसैगरी जिल्ला कमिटी सदस्यमा दलिततर्फ ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन भएका छन् । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् ।

यसैगरी खुला पालिकातर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच र पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार