सिद्धबाबा सुरुङ निर्माणमा आजदेखि विस्फोट गराइँदै, सवारी आवागमन बन्द हुने

२०८१ जेष्ठ १३, आईतवार

पाल्पा : सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आजदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ। कामलाई गति दिनका जेठ १० गते जिल्ला सुरक्षा समिति पाल्पाको बैठकले निर्णय गरेअनुसार विस्फोटको काम सुरु हुन लागेको हो।

निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितीमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकेर काम गर्ने आयोजनाले जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा शुक्रबार नेपाली सेनासहितको टोलीले विस्फोटको पूर्वाभ्याससमेत गरेको छ। पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको सुरुङ मार्गको हालसम्म ११।४१ प्रतिशत भौतिक र १७।५ प्रतिशत वित्तीय प्रगति भएको छ।

यस्तै मुख्य टनेलको ८५-७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। बाह्रै महिना पहिरो खस्ने दोभान सिद्धबाबा क्षेत्रमा कुल १ हजार १२६ मिटर लामो सुरुङ बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार