दुर्घटनाका घाइते कार्कीको मृत्यु

२०८१ जेष्ठ १३, आईतवार

हेटौँडा : मकवानपुरमा सवारी दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

मनहरी गाउँपालिका ६ नयाँ बजारस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट घाइते भएका हेटौडा – ८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको गएराति मृत्यु भएको हो। हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७२१ नम्बरको ट्रकले चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नम्बरको बुलेट मोटरसाइकलाई ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।ट्रकको ठक्करबाट टाउको र शरीरका बिभिन्न भागमा चोट लागेका कार्कीको नयाँ मेडिकल कलेज चितवनमा गएराति मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार