देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौं : प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ । कांग्रेसले आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार