बंगालको खाडीमा विकसित चक्रवातको असर नेपालमा पनि पर्ने

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौँ : बंगालको खाडीमा विकसित ‘रेमल’ नामको चक्रवातको असर नेपालमा पनि पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार उक्त चक्रवातको असर नेपालका पूर्वी क्षेत्रमा पर्ने देखिएको हो।

सोमबार र मंगलबार कोसी, मधेस र बागमती प्रदेशसम्म उक्त चक्रवातको प्रभाव पर्ने उनले बताए। ‘चक्रवातका कारण भोलि र पर्सि कोसी, मधेस र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने, ‘हामी यसको अध्ययन गर्दै छौँ र केही बेरमा विशेष बुलेटिन जारी गर्दै छौँ।’

त्यही बुलेटिनबाट उक्त चक्रवातबारे विस्तृत जानकारी दिइने मौसमविद् अर्यालले बताए। भारतीय मौसम विभागले भने उक्त चक्रवातबारे आफ्नो देशमा चेतावनी जारी गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
2
+1
1
+1
2

ताजा समाचार