ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ जेष्ठ १३, आईतवार

सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धनकौल गाउँपालिका–३, हरकठवाका ३० वर्षीय सुरेशकुमार सिंहको मृत्यु भएको हो । बिनवाटोलबाट मानपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३० प ९८५८ नम्बरको मोटरसाइकललाई मानपुर बजारबाट मानपुर ब्यारेजतर्फ गइरहेको प्रदेश २–०२–००१ त २२८० नम्बरको ट्याक्टरले ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालक रामनगर गाउँपालिका –७, सिसौट बस्ने ५० वर्षीय रामअवतार साह र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारका सदस्यलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार