जनताले सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक छ: कोइराला

२०८१ जेष्ठ १४, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले सहकारीमा गरेको बचत हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन्। नेविसंघ आयुर्वेद क्याम्पस इकाइ समितिले गरेको कार्यक्रममा बोल्दै कोइरालाले जनताले सहकारीमा गरेको बचत ठगी हुँदा पनि सरकार रमिते बनेको बताएका हुन्।

‘जनताको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेको छ,’ उनले भने, ‘सहकारी पीडित जनताका समस्यालाई कांग्रेसले सदन र सडकबाट आवाज उठाएको छ।’ उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए। उनले फरक प्रसंगमा कांग्रेसलाई कुनै पनि दलले संसदीय व्यवस्थाबारे सिकाउन जरूरी नभएको बताए।

‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षीको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै सुनेन,’ उनले भने। साथै उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको बताए। कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कोइरालाले कांग्रेसले जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार