शिक्षकको अन्तर जिल्ला सरूवा फुकुवा

२०८१ जेष्ठ १४, सोमबार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तर जिल्ला शिक्षकको सरुवा फुकुवा गरेको छ ।

मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो । मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार