काठमाडौं : आज गणतन्त्र दिवसको अवसर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ । २०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।
आज सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुनेछ । त्यसै गरी सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्र साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।





