चालू आवमा साढे १२ खर्ब राजस्व संकलन हुने

२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्य संघीय सदनको संयुक्त बैठकमा सुरु गरेका छन्।

नयाँ बजेट सार्वजनिक गर्दै मन्त्री पुनले चालू आर्थिक वर्षमा राजस्व संकलन १२ खर्ब ५३ अर्ब ५२ करोड संकलन हुने बताएका छन्।

यो लक्ष्यको ८८.१ प्रतिशत हो। वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान रहेको मन्त्री पुनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार