बजेट वास्तविकता भन्दा माथि छ, उल्लेख्य सुधार छैन : पूर्वअर्थमन्त्री महत

२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौँ : पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वास्तविकताभन्दा केही माथि भए पनि सुधारका कुनै विषय उल्लेख नभएको टिप्पणी गरेका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिँदै उनले ठूलो बजेट ल्याउने भनेर प्रधानमन्त्रीले भनेको कुरामा ब्रेक लागेको पनि बताए।

‘अत्यन्तै ठूलो बजेट बनाउने प्रधानमन्त्रीले भनेको कुरामा केही ब्रेक लागेको छ। वास्तविकताभन्दा केही माथि छ। सुधारका केही कुरा उल्लेख छैन,’ उनले भने, ‘विदेशी सहयोग देखाउने ठाउँ थिएन। राजस्व अत्यधिक मात्रामा बढ्छ भन्ने पनि आधार थिएन।’

साथै, उनले आयोजनालाई पूर्णता दिने कुरामा मौन रहेको भन्दै पूराना आयोजना अलपत्र पर्नसक्ने बताए। ‘सुधारको बाटोमा जाँदैछौँ भन्नुभएको छ, तर सुधार कहाँ गर्दै हुनुहुन्छ केही छैन,’ उनले भने, ‘आयोजनालाई पूर्णता दिने कुरामा मौन हुनुहुन्छ। बजेटबाट सुधार हुने छन्द देखेको छैन।’

प्राथमिकीकरण गरेर कुनै क्षेत्रमा बजेट नल्याएको पनि बताए। ‘बजेटले बोलेका कुरा पूरा हुँदैन, यसले प्राथमिकीकरण गरेको छैन। लामो समयदेखिको बेथिति अन्त्य गर्ने कार्ययोजना हामी अगाडि बढाउँदै थियौँ। त्यो कार्ययोजनाले यो बजेटलाई समेट्दैन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार