सानेपामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना घाइते

२०८१ जेष्ठ १५, मंगलवार

ललितपुर : ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ५ बजे सानेपाको स्टार अस्पताल अगाडि मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरि बस्ने २४ वर्षीय विजय घिसिङको मृत्यु भएको एसपी सुवेदीले बताए। उनको स्टार अस्पतालमा उपचारको क्रममा बिहान साढे ७ बजे मृत्यु भएको हो। त्यस्तै ३७ वर्षीय सञ्जयकुमार घिसिङ घाइते छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार