कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ मा पर्ने बतासे झर्नाको तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार पिकनिक खान गएका शुक्लाफाँटा ८ फुलेलीका २० वर्षीय सरोज टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार मंगलबार पिकनिक खान गएका बेला तालमा हाम फालेर बेपत्ता भएका टमटाको बुधबार शव भेटिएको हो । बतासे झर्ना चुरेको वन क्षेत्रमा पर्दछ ।





