वीर अस्पतालमा हुँदै छ प्रधानमन्त्रीको दाँतमा आरसीटी

२०८१ जेष्ठ १६, बुधबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि पुनः वीर अस्पताल गएका छन्।

उनको दाँतमा आरसीटी (रूट क्यानल ट्रिटमेन्ट) गरिएको छ। अस्पतालको दन्त विभागबाट प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री प्रचण्डका ४ वटा दाँत भरिएको छ। ती दाँतमा अहिले क्राउन हाल्ने काम गरिँदै छ।

‘क्राउन हाल्नका लागि कटिङ गरी नाप लिइसकेको छ,’ ३ वटा दाँतको कटिङ गरिएको हो तर क्राउन राखेपछि ४ वटै दाँतका लागि त्यसले काम गर्छ।’

गत वैशाख २६ गते बिहानैदेखि दाँत दुख्न थालेपछि उनी उपचारको लागि वीर अस्पताल पुगेका थिए। आज उनी पुनः फलोअपका लागि पुगेका हुन्।
डा. सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार