धनगढीको तापक्रम ४३.३६ डिग्री

२०८१ जेष्ठ १६, बुधबार

धनगढी : सुदूरपश्चिमको धनगढीमा बुधबार ४३.३६ डिग्री तापक्रम मापन गरिएको छ ।

मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको हो । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए ।

गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार