कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न दुईजना पक्राउ

२०८१ जेष्ठ १६, बुधबार

काठमाडौं : काठमाडौंको कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न दुईजनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। स्थानीय सुरज कार्की र अभिषेक सिंह पक्राउ परेका हुन्।

उनीहरूले स्थानीयलाई धम्क्याएर पैसा असुली गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

पैसा नदिए उनीहरुले कुटपिट र लछारपसारसमेत गरेका थिए। पक्राउ परेकामध्ये सिंह बैंकिङ कसुर मुद्दामा पनि फरार रहेको खुलेको छ। उनीहरूबाट अरू पीडित भएमा उजुरी गर्न प्रहरीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार