अश्लील भिडियो बनाएर पैसा असुल्ने र शोषण गर्ने युवक पक्राउ

२०८१ जेष्ठ १७, बिहीबार

काठमाडौँ : महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष किसान रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको नयाँ बसपार्क बस्दै आएका किसानले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै सम्बन्ध स्थापित गर्थे । त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्थे । किसानले गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको उपरीक्षक रेग्मीको भनाई छ ।

त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्थे । उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेका थिए । उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधार किसान गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको थियो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार