बर्दिबासबाट काठमाडौं आउँदै गरेकाे बस दुर्घटना

२०८१ जेष्ठ १७, बिहीबार

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका आज यात्रु बाहक बस दुर्घटना भएको छ । बर्दिबासबाट काठमाडौंतर्फ बागमती प्रदेश ०१–००१प १७३२ नम्बरको बस गोलन्जोर ७ तल्लो बारामा दुर्घटना भएको हो ।

दुर्घटनामा कति जना यात्रु घाईते भएका छन् भन्ने एकिन विवरण आईसकेको छैन् । दुर्घटनामा अहिले सम्म घाईते भएका १६ जनालाई खुर्कोटको विभिन्न अस्पतालमा उपचारको लागि उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बसमा २८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार