
जनकपुर : मधेस प्रदेशमा ३ दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।
बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। ‘अहिले हामी तीन दल (एमाले, माओवादी र जनमत)ले सहमतिमा हस्ताक्षर गरेका छौँ। अरु दलका नेताले पनि गर्नुहुन्छ’ उनले भने, ‘बहुमत सांसदको हस्ताक्षर भएपछि हामी मुख्यमन्त्रीको दाबी पेश गर्छौं।’