बनेपामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०८१ जेष्ठ १७, बिहीबार

बनेपा : काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका– ११ धनेश्वर नजिक डिआई गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बनेपा नगरपालिका–११ धनेश्वरबाट पाकुडोलतर्फ जाने भित्री सडकमा सिमेन्ट बोकेको बा ६ च ६३४० नम्बरको गाडी दुर्घटना हुँदा गाडी चालक पनौती नगरपालिका– ५ ढलमले बस्ने ५२ वर्षीय बद्री बोगटीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बोगटीको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बिहीबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

दुर्घटनामा जिल्लाको भुम्लु गाउँपालिका– २ बस्ने २३ वर्षीय विष्णु पहरी र २४ वर्षीय सुमन पहरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवैको अनुहार र ढाडमा चोट लागेको र उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार