वर्षाले नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्द

२०८१ जेष्ठ १८, शुक्रबार

डालास : वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो ।

अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः वर्षा हुन थालेपछि खेल रद्द भएको हो । नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार