हावाहुरीले उडाएर ल्याएको जस्ताले काटेर १०७ वर्षीय वृद्धको मृत्यु

२०८१ जेष्ठ १८, शुक्रबार

वीरगन्ज : बिहीबार बेलुकी वर्षासँगै आएको हावाहुरीले पर्सामा जनधनको क्षति भएको छ।

पर्सा प्रहरीका अनुसार, हावाहुरीका कारण एक जना वृद्धको मृत्यु भएको छ। पर्साको विन्दबासिनी गाँउपालिका-२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार बिहीबार बेलुकी आफ्नै घरको पिढीमा बसिरहेका बेला साह हुरीले छिमेकीको घरको छानाबाट उडाएर ल्याएको जस्तापाताले लागेर गम्भीर घाइते भएका थिए ।

घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार