मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

२०८१ जेष्ठ १८, शुक्रबार

हेटौँडा : मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो । बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना स्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार