प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य

२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार