झापाको भद्रपुरमा १७ वर्षीय एक युवतीमाथि दाउ प्रहार

२०८१ जेष्ठ १८, शुक्रबार

विराटनगर : झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि दाउ प्रहार भएको छ । शुक्रबार बिहान १०ः४५ बजे भद्रपुर ९ हात्तीचोककी १७ वर्षीय युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् ।

कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको चन्दले बताए । ‘घटना लगत्तै हामीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘के कारण युवतीमाथि आक्रमण भएको हो भन्ने कुरा खुलेको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार