तानसेनमा पर्यटक तान्ने कमलपोखरी

२०८१ जेष्ठ १९, शनिबार

तानसेन : तानसेन नगरपालिका ७ मा रहेको पाल्पाकै प्रख्यात ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्त्व बोकेको प्रभास तालको सौन्दर्यीकरण र  संरक्षणमा चासो देखाउन थालिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिका भित्र ऐतिहासीक ठाउँ धेरै रहेको र यसको संरक्षण गर्न बजेटका कारण समस्या परेको बताए । श्रेष्ठले तानसेन नगरपालिका ७ मा रहेको प्रभास ताल पनि धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेले आगामी आर्थिक वर्ष २०८१/८२ मा केहि रकम विनियोजन गरेर काम गरिने बताए ।

तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदिप खनालले तालमा रहेको पुरानो धान कमलका फुलहरु फोहोरका कारण हराउँदै गएपछि यसको संरक्षण गर्न थालिएको बताए । खनालले भने, ‘‘तालमा फोहोरजन्य पर्दाथ थुप्रिएका थिए, सबै हटाइसकिएको छ । फोहोर व्यवस्थापन गर्न  कठिन भएको थियो । नगरपालिकासँग सहकार्य गरी नगरकै कर्मचारी आएर सरसफाइ गरिएको छ । तालमा दुर्गन्ध फैलिएको थियो । अहिले आन्तरिक तथा बाह्य पर्यटक आएर फोटो खिच्न थालेका छन् ।’’

स्थानीय सरोकारवालाले तालको संरक्षण गर्दै पर्यटनको आकर्षण बनाउन लाग्नुपर्ने बताएका छन् । पर्यटकको आकर्षणको केन्द्रबिन्दु मानिएको यस ताललाई कमलपोखरीका नामले पनि चिनिन्छ । अहिले प्रभास तालमा पाइने कमल फूल फुलेर ताललाई मनमोहक बनाएको छ जुन तालमा फुलेको कमल हेर्दा जो कोहिको मन लोभिन्छ ।

स्थानीय कृष्ण बहादुर थापाले तालमा सञ्चालन हुँदै आएको डुङ्गा बन्द भएकाले यसलाई पुनः सञ्चालनमा ल्याउने खालको योजना बनाउनुपर्ने बताए । थापाले भने, ‘‘पहिले जिल्लामा भित्रने पर्यटकले डुङ्गामा चढेर दिनभर तालको अवलोकन गर्ने गरिन्थ्यो । तर अहिले यो हराएको छ । पछिल्लो समयमा तानसेन नगरपालिका र वडा ७ ले देखाएको यो चासो सह्रायिन छ । अझै यसलाई पर्यटकीय ऐतिहासिक क्षेत्रको संरक्षण गर्नेतर्फ सम्बन्धित निकायले समयमै सोच्नुपर्ने बेला आएको छ ।’’

प्रभास ताललाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्ने सरोकारवाला बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार