उखुको जुसबारे नयाँ चेतावनी जारी

२०८१ जेष्ठ १९, शनिबार

नयाँ दिल्ली : गर्मी सहनै नसक्ने भएपछि मानिसहरू राहतका लागि जुस र चिसो पेय तिर लाग्छन् ।

जुसमा पनि धेरैको रोजाई सस्तो हुने भएकोले उखु नै रोज्छन् । यसैबिच भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले उखुको जुसबारे नयाँ चेतावनी जारी गरेको छ । उखुको जुसमा उच्च मात्रामा चिनी पाइने भन्दै स्वास्थ्यको दृष्टिले कम उखुको जुस खान भनिएको छ । स्वस्थबद्र्धक खानपिन व्यवहारलाई बढवा दिन हालै आईसीएमआरले राष्ट्रिय  पोषण संस्थान (निन)सँग मिलेर १७ ओटा नयाँ निर्देशिका जारी गरेको थियो ।

उखुको जुसमा गुलियोको मात्रा अत्यधिक मात्रामा हुने निर्देशिकामा भनिएको छ । हरेक सय मिलिग्राम उखुको जुसमा १३ देखि १५ ग्राम चिनी हुने बताइएका छ । गर्मीको समयमा उखुको जुस निकै खाइने भएपनि यसमा भएको चिनीको उच्च मात्राका कारण यो अस्वस्थकर रहेको र खपत कम गर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।वयस्कहरूले एक दिनमा ३० ग्राम भन्दा धेरै चिनी खान नहुने स्वास्थ्य विज्ञहरू बताउँछन् । ७ देखि १० वर्षसम्मका बालबालिकाहरूलाई दिनमा २४ ग्रामभन्दा बढी चिनी नखान भनिएको छ ।

आईसीएमआरले फलफूल खाँदा पनि बुस भन्दा पनि पूरै फल खान भनेको छ । पूरै फलमा फाइबर हुने भएकोले पनि जुस बनाएर खानु भन्दा सिंगै फल खान भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार