ललितपुरमा बाइक र स्कुटर जुध्दा दुवै चालकको मृत्यु

२०८१ जेष्ठ १९, शनिबार

ललितपुर : ललितपुरमा गएराति मोटरसाइकल र स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शुक्रबार राति १२:३० बजे ललितपुरको महालक्ष्मी नगरपालिका- ४, टेम्पो पार्कमा बा८३प ५२६७ नम्बरको मोटरसाइकल र बा५६प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठोकिएका हुन् । दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको उनले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा शनिबार बिहान २:३० बजे तथा लकेशको बीएन्ड बी अस्पतालमा शनिबार बिहान ६:२५ बजे मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार