ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छ : डा. सुरेन्द्र केसी

२०८१ जेष्ठ १९, शनिबार

काठमाडौँ : प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले  ज्ञानेन्द्रमाथि ठुलो आशङ्का गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशङ्का गरे पनि घटनाबाट बचेका गोरख शमशेरले पनि यसमा दीपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजित अन्तरक्रियामा उनले सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरूले उक्त घटना युवराज दीपेन्द्रले नै गराएको दाबी गरिरहेको बताए । आफूलाई भने सबै घटना दीपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । उनले वीरेन्द्रलाई हान्नेसम्म चाहिँ दीपेन्द्रले गरेको र त्यसपछि अरू कोही संलग्न भएको आशङ्का व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दीपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरू दिएको केसीले स्मरण गराए । दीपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दीपेन्द्रले गोली चलाएर वीरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरूले टेकओभर गरेको उनको उनको अनुमान छ ।

संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले–हुर्काएकाहरूबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको नाम लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार