सरकारलाइ नागढुङ्गा र महेन्द्र राजमार्ग छिटो मर्मत गर्न सांसद नेपालीको ध्यानाकर्षण

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौँ : राप्रपाकी सांसद अनिशा नेपालीले महेन्द्र राजमार्ग समयमा मर्मत नहुँदा सर्वसाधारणले दुःख पाएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले राजमार्ग मर्मतमा ढिलाइ हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसकेको बताइन ।

उनले सो सडक छिटो मर्मत गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । यस्तै नौबिसे नागढुङ्गा सडकको अवस्था दयनीय भएको र ४ घण्टासम्म पनि जाममा बस्नुपरेको गुनासो गरिन् । उनले सो सडक खण्ड समयमा सम्पन्न गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार