गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाए हिसाब किताब गरिन्छ : महामन्त्री थापा

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौँ : नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमो सूचना बेच्ने मान्छे छ भने त्यो देश द्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ । देशद्रोहको मुद्दा लगाउनुपर्छ । थुन्नुपर्छ ।’

गृहमन्त्री बरालिए भन्दैमा आफूहरू नबरालिने पनिमहामन्त्री थापाले बताए । ‘हामीले त हिसाब–किताब लिनै पर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘ कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार