फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन मिति फेरियो

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौं : अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीको फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति हेरफेर गरिएको छ।

यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरिएकोमा फिल्मलाई एक हप्ता पहिले नै रिलिज गरिने भएको हो। फिल्मलाई संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्मात्री एवं अभिनेत्री नीताले बताइन्।

उनका अनुसार वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज मिति हेरफेर गरिएको हो। फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ। अभिनेत्री विपना थापा यही फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन्।

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। फिल्ममा नीता र हरिहरका साथमा विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झासहित चर्चित भारतीय कलाकार ब्रह्मानन्दम र प्रदीप रावतको समेत अभिनय छ।

सामाजिक कथासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ। बलिउडका स्थापित सिनेमाटोग्राफर कबीरलालको यो फिल्मलाई छायांकन गरेका हुन्।

मित्र डि. गुरूङले फिल्मलाई सम्पादन गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार