काठमाडौं : जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट तत्काल क्षतिको विवरण नआएको स्थानीय अधिकारीले बताएका छन्। यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन।





