घट्यो सुनचाँदीको मूल्य

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ४१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ३५ रूपैयाँ कायम भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार