अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ : पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुंगा नदीमा पल्टिँदा आठजनाको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता भएका छन्।

सोमबार बिहान मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले जानकारी दिए।

दुर्घटना १३ जनाको उद्धार गरिएको छ,भने अन्य पाँच जना बेपत्ता छन्। यात्रुमा अधिकांश महिला र बालबालिका रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार