बालेनले भत्काएको न्यूरोडको पीच सडक टाल्दै सडक विभाग

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ : महानगरले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्न सुरू गरेको छ। मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो।

सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुन:स्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो। महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर उक्त पीच टाल्न सुरू गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार