काठमाडौँ : चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले उनिविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।





