एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

२०८१ जेष्ठ २१, सोमबार

मनहरी : नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी हुनुभएको छ । निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय ६५ जना सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार