सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको निधन

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको निधन भएको छ ।

उनको हृदयघातका कारण श्रीलंकामा निधन भएको हो । बिफिनको कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो ।

बैंकका एक उच्च अधिकारीका अनुसार उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । उनी बिगत लामो समयदेखि सिटिजन्स बैंकमा कार्यरत थिए। काफ्ले सिटिजन्स बैंकका राम्रा कर्मचारीमध्येका एक मानिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार