राहुल गान्धी केरलाबाट ३ लाख ६४ हजार ४२२ मतान्तरले विजयी

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौं : इन्डियन नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायानड क्षेत्रबाट विजयी भएका छन्। लोकसभा चुनावमा उनले विजयी बनेका हुन्। उनले ३ लाख ६४ हजार ४२२ मतान्तरले विजयी भएका हुन्।

भारतीय निर्वाचन आयोगका अनुसार गान्धीले ६ लाख ४७ हजार ४४५ मत ल्याउँदा प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टी अफ इन्डियाका एन्नीए राजाले २ लाख ८३ हजार २३ मत ल्याइन्।

राहुलले राय बरेली क्षेत्रबाट पनि जित सुनिश्चित गरेका छन्। उक्त क्षेत्रमा उनले ३ लाख ९० हजार बढी मतान्तरले अगाडि छन्। राहुलले ६ लाख ८७ हजार ६४९ मत ल्याउँदा भारतीय जनता पार्टीका दिनेश प्रताप सिंहले २ लाख ९७ हजार ६१९ मत ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार