मधेशको सत्ता जसपा नेपालको हातबाट गुम्ने लगभग निश्चित

२०८१ जेष्ठ २३, बुधबार

जनकपुर : जनता समाजवादी पार्टी (जसपा)नेपालको हातबाट साढे ६ वर्षपछि मधेशको सत्ता गुम्ने लगभग निश्चित भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिदैँछन् । त्यसका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएको छ । सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ३० मा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । सोही कारण संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने निर्णय लिइसकेको बेला हिजोमात्रै नेकपा एस पनि साथ छाड्यो ।

मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । उनी आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिए सरकार जोगाउन सक्दैनन् । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन् ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । सरकार बनाउनरटिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने दलको समर्थन छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार