ओली दम्पती सडक सरसफाइमा

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ : पूर्वप्रधानमन्त्रीसमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्तपी आज (बुधबार) बिहान स्थानीय सडक सरसफाइमा सहभागी भएको छ।भक्तपुरको कौशलटार–सूर्यविनायक सडकमा सरसफाइमा स्थानीय बासिन्दासँगै ओली र उनकी पत्नी राधिका शाक्य पनि सहभागी भएका हुन्।

ओलीले सडक सफा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘आज राधिका र म अरनिको राजमार्गको सडक सरसफाइमा।’ ओलीको सचिवालयका अनुसार ओली त्यहाँ (बालकोट, भक्तपुर) को स्थानीय बासिन्दा भएकाले अन्य स्थानीयसँगै उनी पनि सडक सफाइमा सहभागी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार