कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरे : प्रधानमन्त्री

२०८१ जेष्ठ २३, बुधबार

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् ।

उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार