काठमाडौँ : रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा कार दुर्घटना भएको छ ।
दुर्घटनामा परेर कार चालक सहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा बा.१८ च ६८५३ नम्बरको कार चालक काभ्रेको पनौती नगरपालिका घर भएका ३२ वर्षीय विनोद श्रेष्ठ, ३४ वर्षीय कुमार तामाङ र उनका छोरा ३ वर्षीय सलिम तामाङ छन् । नेपालथोकबाट लुभु बजारतर्फ जाँदै गरेको कार माझिगाउँमा सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी चौकी लुभुघाटले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ ।









