मधेसमा ढल्यो उपेन्द्र यादवको बिरासत

२०८१ जेष्ठ २४, बिहीबार

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन्।

मधेश प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो । प्रदेशसभामा एक सय तीन सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवले डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिनुप¥यो।

मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन्। विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले मतदान गरेका छन् । विसं २०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार