काठमाडाैं : प्रहरीबाट पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई बुधबार जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
थापा फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनसम्बन्धी मुद्दामा सोमबार पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।









