दक्षिणकालीमा २ जना मृत फेला

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ ।

प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो । प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार