एमाले सुनसरीका अध्यक्षको हैदरावादमा मृत्यु

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ : उपचारका लागि भारतको हैदरावाद जाँदै गर्दा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ। परिवारका सदस्यको साथमा ट्रेनमा हैदरावाद जाँदै गर्दा गएराति २ बजे उनको मृत्यु भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए।

उनको शव घर ल्याउने प्रक्रिया सुरु भएको कोइरालाले बताए। सुनसरीको बराहक्षेत्र नगरपालिका- ४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्षमा उनले खेमराज पोखरेललाई पराजित गरेका थिए। खनालका एक छोरा, एक छोरी र श्रीमती छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार