ललितपुरले गर्यो ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान

२०८१ जेष्ठ २४, बिहीबार

ललितपुर  : ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।

बिहीबार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको सुरुवात गरेको हो । कार्यक्रममा नगरप्रमुख चिरिबाबु महर्जनले घरघरमा नगर प्रहरी अभियानको बहुआयामिक फाइदा रहेको बताए ।

यो अभियानले जनप्रतिनिधिहरू चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने महर्जनको भनाइ छ । नागरिकहरूले दुःखका कुराहरू नगर प्रहरीमार्फत जनप्रतिनिधिहरूलाई सुनाउन सक्ने उनको भनाइ छ ।

नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उनको विश्वास छ । यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् ।

‘हामी जनप्रतिनिधिहरू चुनावको निमित्त घरमा भोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुखदुःखका कुराहरु भन्न भन्न नपाउँदै गर्दा नगरप्रहरीसँग समन्वय गरेर ती कुराहरू उहाँहरूले व्यक्त गर्न सक्नुहुनेछ । यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु,’ महर्जनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार